शीर्षकहरू

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाले हकप्रद शेयर निस्कासनको प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाले हकप्रद शेयर निस्कासनको प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलको विशेष साधारणसभाले हकप्रद शेयर निस्कासनको प्रस्ताव पारित गरेको छ । काठमाडौंको आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीको सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गरेको छ ।

आर्थिक वर्ष २०७९र८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ।