शीर्षकहरू

हृदयघातका कारण युनाइटेड अजोड इन्स्योरेन्सका सीइओको निधन

हृदयघातका कारण युनाइटेड अजोड इन्स्योरेन्सका सीइओको निधन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी(सीइओ) निर्देशक श्रवण कुमार रावलको गएराति निधन भएको छ । भक्तपुरको नागरिक अस्पतालमा गएराती उपचारको क्रमा निधन भएको परिवार स्रोतले जनाएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्समा सीइओको पदमा रहेका् रावल मर्जरपछि राजिनामा गरेर युनाइटेड अजोड इन्स्योरेन्समा २०८० जेठ २३ गते सीइओ पदमा कार्यरत थिए । यसअघि तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओ भएर काम गरेका रावल मार्केटिङ र परिचालनमा राम्रो ज्ञान भएका बीमा क्षेत्रका प्रशासक व्यक्ति भनेर चिनिन्थे ।