शीर्षकहरू

सगरमाथा जलविद्युतले कति प्रस्ताव गर्यो लाभांश ?

सगरमाथा जलविद्युतले कति प्रस्ताव गर्यो लाभांश ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी १ अबृ १२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । सर्वसाधारणमा २०७९ साल चैत १७ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्ष लाभांश वितरण गर्न लागेको हो ।