शीर्षकहरू

एनआईसी एशिया लघुवित्त वित्तीयद्वारा मधेशमा तालिम आयोजना

एनआईसी एशिया लघुवित्त वित्तीयद्वारा मधेशमा तालिम आयोजना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चालु आ.व. २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समिक्षा कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेश अन्तर्गत तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई चितवनको होटल प्याराडाईज, सौराहामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीको रहभागीलाई तालिम गराइएको थियो । 

त्यस्तै, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीबाट सहभागीहरुलाई शाखा संचालन तथा व्यवस्थापन तालिम प्रदान गरियो । साथै बजेट समीक्षा अन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य याजनाबारे छलफल गरेको संस्थाले जनाएको छ ।