शीर्षकहरू

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

काठमाडौं । लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य आज भने स्थिर रहेको  । आज शुक्रबार प्रतितोला एक लाख ६६ हजार रुपैयाँले सुनको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


 दशैँपछि खुलेको बजारमा असोज १ गतेदेखि सुनको मूल्यले असोज ७ गतेसम्म निरन्तर  ऐतिहासिक रेकर्ड बनाइरहेको छ । आज चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार तोलामा ८०० रुपैयाँले बढेर सुनले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदी प्रतितोला ४० रूपैयाँले घटेर दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।