शीर्षकहरू

तिहारलाई स्वागत गरिरहेका फूलहरू [फोटोफिचर]

तिहारलाई स्वागत गरिरहेका फूलहरू  [फोटोफिचर]

काठमाडौं । आउँदै गरेको तिहारलाई फूलहरूले स्वागत गरेका छन् । देशभर सयपत्री, मखमलीलगायतका फूलहरू फुलेर तिहारका लागि तयार भएका छन् । 

काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ । बाह्य जिल्लामा पनि तिहारमा फूलहरूको व्यापार उल्लेख्य हुने गरेको छ । यसैक्रममा राससका फोटो पत्रकारहरू रञ्जिता अधिकारी,सुशीला ओली, रमेश ढुङ्गेल, नारायणी रजौरे, हरिराम भेटुवाल, शशिधर अधिकारीले दाङ, रामेछाप, प्युठान, काठमाडौँलगायतका स्थानमा लिएका तस्वीरहरू :