शीर्षकहरू

सरकारले राजनीतिक प्रतिशोध साधेको विरोध गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन

सरकारले राजनीतिक प्रतिशोध साधेको विरोध गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पार्टी सभापति तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्धमा रास्वपाले काठमाडौं केन्द्रित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

माइतीघरमा भएको विरोध कार्यक्रममा रास्वपाका नेता कार्यकर्ताको ठूलो सहभागिता छ । कार्यक्रमलाई रास्वपाका सांसद एवम् नेताहरु शिशिर खनाल, राजभक्त श्रेष्ठ, हरि ढकाल लगायतका नेताहरु सहभागी छन् । 

रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै प्रदर्शन गरेका छन् ।