शीर्षकहरू

गोरखा जाँदै गरेको भ्यान धादिङमा दुर्घटना

गोरखा जाँदै गरेको भ्यान धादिङमा दुर्घटना

काठमाडौं । काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो भ्यान धादिङमा दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) धादिङको महादेवबेसीमा दुर्घटनामा परेको हो । 

भ्यान  आफैँ अनियन्त्रित भइ महादेवबेसीस्थित नौकिला भन्ने ठाउँमा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि महादेवबेसीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।