शीर्षकहरू

बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जमिन प्राप्ति गर्न स्वीकृति

बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जमिन प्राप्ति गर्न स्वीकृति

काठमाडौं । सरकारले बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जमिन प्राप्ति गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त स्वकृति प्रदान गरेको हो ।

यसैगरी कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा हुने दुईपक्षीय र बहुपक्षीय बैठकका लागि कृषिमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिने तथा, मंसिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामा आयोजना हुने एशियामा उच्च स्तरको १६औं क्षेत्रीय वातावरणीय दिगो यातायात फोरममा सहभागी हुन भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल एवं परिवार र समकालीन मेगाट्रेन्ड कार्यक्रममा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री  नवलकिशोर साह सुडीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का १२ निर्णयहरू