शीर्षकहरू

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

सिन्धुली । दुधौली नगरपालिका-७ कटहरे बस्ने राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय हिमाल बराल समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

 इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ७० रूपैयाँ, कौडा १६ थान  र मोटरसाइकल २ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।