शीर्षकहरू

अमेरिकासँग एसपीपी सम्झौता गर्न दिँदैनौं : नारायणकाजी श्रेष्ठ

अमेरिकासँग एसपीपी सम्झौता गर्न दिँदैनौं : नारायणकाजी श्रेष्ठ

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्न लागेको बताएका छन् । उनले यदि यो सम्झौता अघि बढेमा कुनै हालतमा त्यस्तो सम्झौता गर्न नदिने बताएका छन । शनिबार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै श्रेष्ठले सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्दैछ भन्ने सुनिएकोले त्यो कुनै हालतमा गर्न नदिने बताएका हुन् । 

यसअघि सन २०१९ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अमेरिकासँग एसपीपी सम्झौता गरेको भन्ने कुरा आएको मसेत उनले बताए । उनले  त्यो सम्झौता भएको हो कि हैन भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तो सम्झौता देशका लागि घातक भएकोले कुनै हालतमा असफल बनाएर छोड्ने बताए ।