शीर्षकहरू

ग्लोबल आइएमई बैंक 'बेस्ट बैंक अफ द एअर २०२४' बाट सम्मानित

ग्लोबल आइएमई बैंक 'बेस्ट बैंक अफ द एअर २०२४' बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंकलाई बेलायतको ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकबाट सम्मानित भएको छ । बैंकहरुमध्येबाट प्रदान गर्ने बेस्ट बैंक अफ द एअर (World's Best Bank Award- 2024) बाट ग्लोबल आइएमई बैंकलाई बिभूषित गरेको  बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनाएका छन् ।

सम्मानित भएपछि उनले ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान भएको बताएका छन । ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो। 

 यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको अध्यक्ष ढकालले बताएका छन् ।  उनले नेपाल राष्ट्र बैंक, नेपाल सरकार, ग्लोबल आइएमई बैंकका कर्मचारी र सम्बद्ध सबैमा धन्यवाद दिएका छन् । 

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको दाबी गरिएको छ।

ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो।