शीर्षकहरू

ग्राण्डी सिटी हस्पिटल विवादमा पद्म ज्योति पक्षले भन्यो – झुटो आरोप लगाइयो

ग्राण्डी सिटी हस्पिटल विवादमा पद्म ज्योति पक्षले भन्यो –  झुटो आरोप लगाइयो

काठमाडौं । नेपालको पुरानोमध्ये एक व्यावसायिक घराना ज्योति समूहका दुई दाजुभाइबीच ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटलको विवादमा दाइ पद्म ज्योति पक्षले गलत प्रचार भएको दाबी गरेको छ । अस्पताल सञ्चालन गरिरहेका भाइ रुप ज्योतिले केही समयअघि आफूले बिरामी र स्वास्थ्य उपकरणहरू सार्न केही समय मागेको तर बिरामीप्रति असंवेदनशील भएर पद्म ज्योति पक्षले एक साताभित्र खाली गराउन खोजेको आरोप लगाएका थिए ।

उक्त विषयमा विज्ञप्ति जारी गर्दै ज्योति समूह (पद्म ज्योति पक्ष)ले अस्पताल ७ (सात) दिनभित्र खाली गराउन खोजिएको नभइ विगत ७ वर्षदेखि खाली गरिदिनुहोस भनी दशौं पटक पत्राचार गर्दा अटेर गरेर बसेको बताएको छ । अहिले काठमाडौं महानगरपालिकाले अदालतको फैसला कार्यान्वयन गर्न खोज्दा झुटा गलत तथ्यहरु प्रस्तुत गरी आम सर्वसाधारणलाई भ्रमित पार्न खोजिएको आरोप उक्त समूहले लगाएको छ ।

यस्तो छ ज्योति समूह (पद्म ज्योति पक्ष)ले जारी गरेको विज्ञप्ति