शीर्षकहरू

तीन महिनामा अपि पावरले कमायो १८ करोडभन्दा बढी नाफा

तीन महिनामा अपि पावरले कमायो १८ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अपि पावर कम्पनी लिमिटेडले १८ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ४० लाख ४९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न फल भएको हो ।

सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष १५८ प्रतिशत बढी भएसँगै कम्पनी नाफामा गएको हो । गत वर्ष १५ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३९ करोड ४४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । अदर इक्विटी गत वर्ष १३ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७३ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेको छ । कुल सम्पत्ति १४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व ७ अर्ब ८४ कराड रुपैयाँभन्दा बढी छ ।

वित्तीय खर्च गत वर्ष १५ करोड ६५ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १८ करोड ६८ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११२ रुपैयाँ ६५ पैसा छ ।