शीर्षकहरू

२२१ किलो गाँजासहित एक जना पक्राउ

२२१ किलो गाँजासहित एक जना पक्राउ

धनुषा । प्रहरीले करिब २२१ किलो गाँजासहित धनुषाबाट एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय २१ किलो ३८ ग्रामसहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना ५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाइ लुकाइछिपाइ राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेकझो हो ।

चालक लुङ्गवालाई पक्राउ गरी अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।