शीर्षकहरू

खाजा घरबाट पेस्तोलसहित एक जना पक्राउ

खाजा घरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित एक जनालाई पक्राउ गरेको छ ।

दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिबार राति पक्राउ गरिएको हो ।

अस्थायी प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।