शीर्षकहरू

९.१९ अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

९.१९ अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेको छ । आज दुई हजार ६१७.९५ अंकमा झरेर बजार बन्द भयो ।

यसदिन १४१ कम्पनीको शेयर घट्दा ९१ कम्पनीको शेयर भने बढेको छ । ५ वटा उपसमूहको शेयरमूल्य बढ्दा ८ वटाको भने घटेको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माईखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने समृद्धि फाइनान्स र कालिञ्चोक दर्शनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

यसदिन ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर कारोबार भएको छ ।