शीर्षकहरू

मुनलाइट हाइड्रोपावरले १ करोड ७६ लाख कित्ता आईपीओ निकाल्ने

मुनलाइट हाइड्रोपावरले १ करोड ७६ लाख कित्ता आईपीओ निकाल्ने

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु. १०० अंकित दरको १ अर्ब ७६  करोड १० लाख ५ हजार रकम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।