काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा स्थगित भएको छ । कम्पनीको कात्तिक १२ गते सोमबार बोलाइएको १७औं वार्षिक सभा गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्र शेयरधनी उपस्थित भएका थिए ।
अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरू हुने गरी सभा डाकेको थियो । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर बिक्री गरेको थियो । भने विक्री हुन नसकेको शेयर लिलाम बढाबढबाट विक्रीका लागि खुला गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।