काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले राष्ट्रिय सभामा छलफलको रुपमा रहेको नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुने बताए । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा आज केन्द्रको कार्यालय ताहचलमा आयोजित कार्यक्रममा बोल्दै उनले नविकरणीय उर्जाको विकासका लागि उक्त विद्येयकलाई चाँडो पास गरिने बताए ।
“नविकरणीय उर्जालाई समयसापेक्ष रुपमा विकास गर्नका लागि आवश्यक विद्येयक, ऐन, नियमलाई चाँडो पास गछौँ,”– मन्त्री खड्काले भने । उनले नविकरणीय उर्जा र उर्जा दक्षताको विकासका लागि लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए ।
उर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्नका लागि केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । “हामीसँग भएको स्रोत र साधनको भरपुर प्रयोग गरी सरकारले राखेको लक्ष्य पुरा गर्न लाग्नुपर्छ,”–उनले भने ।