शीर्षकहरू

प्रचण्डसहित १३ जना मा‌ओवादी नेताविरुद्ध अख्तियारमा उजुरी

प्रचण्डसहित १३ जना मा‌ओवादी नेताविरुद्ध अख्तियारमा उजुरी
फाइल तस्वीर

काठमाडौं । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १३ नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ता युवराज पौडेल (सफल)ले माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

सफलले अध्यक्ष प्रचण्डसहित महासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, नेताहरू चक्रपाणि खनाल, सन्तु दराई, सुकबहादुर रोका, धनबहादुर मास्के, यमबहादुर अधिकारी, तेजबहादुर ओली, गणेशमान पुन, कालीबहादुर खाम र महेन्द्रबहादुर शाहीविरुद्ध उजुरी दिएका हुन् ।

तत्कालीन विद्रोही नेकपा माओवादी एक दशक लामो सशस्त्र संघर्षपछि ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत शान्ति प्रकृयामा आएको थियो । सो सम्झौतामा माओवादी सेना र तिनका हतियारलाई निश्चित शिविर बनाई शान्ति प्रकृया पुरा नहुँदासम्म सोही शिविरमा राख्ने सहमति भएको थियो । त्यस्तै २२ मंसिर २०६३ मा हतियार व्यवस्थापन अनुगमन बारेमा अर्को सम्झौता भएको थियो । माओवादी सेनाहरुलाई राख्न ७ मुख्य शिविर र २१ सहायक शिविर स्थापना गरिएका थिए । यसै लडाकुको सन्दर्भमा नेकपा माओवादी केन्द्रका दाहालले २०६४ पुस ८ गते चितवनको शक्तिखोरमा रहेको लडाकु शिविरमा 'तपाई हामी साँच्चै कति थियौं क्यान्टोनमेण्टमा भन्नुस न हामी ७/८ हजारको बीचमा पुगी सकेका थियौं त्यति नै राखेको भए भेरिफिकेसनले कति रहन्थ्यो ४ हजार हामीले ३५ हजार लगेर राखिदिएको २० हजार त आयो कमसेकम यो होनि साँच्चि कुरा हामीले बाहिर पो यो कुरा भन्न हुन्न ।' भनेको भिडिओ सार्वजनिक भएपछि क्वान्टेनमेन्टमा घोटाला भएको आरोप लागेको थियो ।

दाहालले ३५ हजार सेनाको फर्जी विवरण पेश गरी यस प्रकरणमा अबौं घोटाला गरेको आरोप लागेको छ ।

उजुरी