शीर्षकहरू

सोल्टी होटलले लाभांश घोषणा,साधारण सभा पुस ४ गते बोलायो

सोल्टी होटलले लाभांश घोषणा,साधारण सभा पुस ४ गते बोलायो

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६ दशमलव ८४२१०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।