काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास अवधिसम्ममा ४ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज महिनासम्ममा १४ वटा बीमा कम्पनीमा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।
तथ्यांक अनुसार २८ हजार ५७ वटा पोलिसी सरेण्डर भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनमा एक अर्ब भन्दा माथिको पोलिसी सरेण्डर भएको छ । नेपाल लाइफको ६ हजार ५४६ वटा पोलिसी बापत एक अर्ब ८ करोडको सरेण्डर भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनको भने ७ हजार ७३१ वटा पोलिसी बापत एक अर्ब २२ करोड रुपैयाँको सरेण्डर भएको छ ।
बीमितले बीमाशुल्क भुक्तानी गर्न नसक्ने अवस्था भएमा पोलिसी सरेण्डर गर्न पाउने प्राधिकरणको व्यवस्था छ । सरेण्डर पछि बीमितहरुले भुक्तानी गरिएको रकमको ८० प्रतिशतसम्म रकम फिर्ता पाउनेछन् ।