काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार शुरु भइसकेको छ । चाडबाड आएसँगै यहाँका थोक तथा खुद्रा पसलले अरू बेला बेच्नेका साथै थप सामाग्रीहरू बिक्रीमा राख्ने गरेका छन् । तिहारमा भाइमसला, झिलिमिली बत्ती, मखमली फूललगायतको राम्रो व्यापार हुने भएकाले पनि व्यापारीहरू नियमित बाहेकका सामाग्रीहरू बेच्ने गर्छन् ।
काठमाडौंका हरेक चोक गल्लीमा यस बेला फूल र रङका पसलले सजिएका छन् । भने व्यापारीहरु यसैको व्यापार गर्न विहानैदेखि चोक र खुला स्थानमा निस्केका छन् । यो तिहारमा माटोका पाला, फूल, विभिन्न थरीका रङ लगायतको व्यापार राम्रो हुने गरेको छ ।