शीर्षकहरू

बैंकहरुले ब्याज घटाएपछि बेस रेट पनि घट्यो, पहिलो त्रैमासमा ७.३५ प्रतिशत कायम

बैंकहरुले ब्याज घटाएपछि बेस रेट पनि घट्यो, पहिलो त्रैमासमा ७.३५ प्रतिशत कायम

काठमाडौं । चालु आर्थिक वर्ष २०९८१/८२ कोे पहिलो त्रैमास अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट २.७२ प्रतिशत बिन्दुले घटेको छ । बाणिज्य बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरु बेस रेट औसत ७.३५ प्रतिशत कायम छ । गत आवको सोही अवधिमा बैंकहरुको बेस रेट १०.०७ प्रतिशत थियो । 

अर्थतन्त्र स्थिर भएपछि बैंकमा तरलता थुप्रिएको छ । कर्जाको माग घटेपछि बैंक तथा वित्तीय संस्थाहरुले प्रति महिनामा ब्याजदर पनि घटाउँदै आएका छन् । ब्याजदर घट्दा  बैंकहरुको बेस रेट पनि घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा निश्चित प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्छन् । तर, उद्यम व्यवसाय सञ्चालन गर्न एक करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा बेस रेटमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने नेपाल राष्ट्र बैंकको व्यवस्था छ । यही अवस्थामा कायम रहे बेस अझै घट्ने अनुमान गरिएको छ । 

समीक्षा अवधिमा कृषि विकास बैक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकले सबैभन्दा धेरैले बेस रेट घटाएका छन् ।

कृषि विकास बैंकको बेस रेट ३.३८ प्रतिशतले बिन्दुले घटेको छ । कुमारी बैंकको ३.४६ प्रतिशत बिन्दुले घटेको छ भने लक्ष्मी सनराइज बैंकले ३.०६ प्रतिशतले बिन्दुले बेस रेट घटाएको छ । 

चालु आवको पहिलो त्रैमास तीन वटा बैंकले बेस रेट ७ प्रतिशत भन्दा कम कायम गरेका छन् भने स्टयाण्र्ड चार्टड बैंकले सबैभन्दा कम ५.७१ प्रतिशत बेस रेट तोकेको छ । 

एभरेष्ट बैंकको ६.८० प्रतिशत, नेपाल बैंकको ६.७२ प्रतिशत छ भने राष्ट्रिय बाणिज्य बैंकले ६.१५ प्रतिशत बेस रेट कायम गरेका छन् । 

null