काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ मा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा गर्दै उपाधि जितेको हो । उपाधिका लागि श्रीलंकाका सन्दुन विराक्कोदीले ३४, लिहिरु मधुसनकाले १९, थारिन्दु रत्नायकेले १६ रनको योगदान गरे । अरु ब्याटरले भने दोहोरो अंकमा खेल्न सकेनन् ।
पाकिस्तानका फाहीम असर्फ र हुसैन तलातले १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेट गुमाएर ७२ रन बनाएको थियो । पाकिस्तानका ओपनर मुहम्मद अखलकले ४८, कप्तान फाहीम असर्फले १३ र आमेर यामिनले ६ रन बनाएका थिए । श्रीलंकाका थारिन्दु रत्नायके र धनन्जय लक्सनले २र२ विकेट लिएका थिए । त्यस्तै, निमेष विमुक्थी र लिहुरु मधुसनकाले १र१ विकेट लिएका थिए ।