शीर्षकहरू

माउण्टेन हाइड्रो नेपाल पहिलो त्रैमासमा नोक्सानी,अन्य सूचक कस्ता ?

माउण्टेन हाइड्रो नेपाल पहिलो त्रैमासमा नोक्सानी,अन्य सूचक कस्ता ?

काठमाडौं । माउण्टेन हाइड्रो नेपाल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३८ करोड ६२ लाख नोक्सानीमा रहेको छ ।

 गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. १ करोड ५९ लाख नाफा कमाएको थियो । कम्पनीद्धारा निर्माण गरिएको तल्लो हेवा खोला जलविद्युत आयोजना २०७६ साउन २१ गते बाट सञ्चालन  भएकोमा यस वर्ष २०८१ असोज ११ र १२ गते देशभर परेको भारी बर्षाका कारण फेमे खोलाको बाध र पावरहाउसमा क्षती पुगेको कारण हाल विद्युत उत्पादन बन्द छ भने पुन : निर्मा कार्य शुरु गरेको कम्पनीले जनाएको छ ।
 
गत वर्ष पनि बाढीको क्षतीको कारण कम्पनीको वित्तीय परिसूचकहरुमा नकारात्मक असर परेको र यस अवधिमा पनि बाढीकै कारण कम्पनीको अनुमानित रू. ४४ करोड ८९ लाख भन्दा बढी क्षती भएको कारण कम्पनी नोक्सानीमा रहेको हो । 

कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ३० रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २५ करोड भन्दा बढी रहेको छ । जगेडा कोष रू. ९२ करोड ४१ लाख ऋणात्मक रहेको छ ।