काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारणसभा मङ्सिर ६ गते गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले सभा हेटौंडास्थित होटेल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहानको १० बजे बस्ने निर्णय गरेको हो ।
सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा कात्तिक २१ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।