काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयरमा प्राडा शिवशरण महर्जनलाई उठाउने भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।
कीर्तिपुरका सुरेन्द्र मानन्धरलाई नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ। मंसिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनका लागि एमालेको मानन्धरको नाम सिफारिस गरेको एमालेले जनाएको छ ।