शीर्षकहरू

काँग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ११ जनाको नाम सिफारिस गर्यो

काँग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ११ जनाको नाम सिफारिस गर्यो

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ११ जनाको नाम सिफारिस गरेको छ । यहि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका नेपाली काँग्रेसले नगर समिति सभापति कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

कीर्तिपुरका सुरेन्द्र मानन्धरलाई नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ। मंसिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनका लागि एमालेको मानन्धरको नाम सिफारिस गरेको एमालेले जनाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयरमा प्राडा शिवशरण महर्जनलाई उठाउने भएको छ ।