शीर्षकहरू

आईपीएलको मेगा अक्सन साउदी अरबमा हुने, कुन खेलाडीले कति मूल्य पाउलान ?

आईपीएलको मेगा अक्सन साउदी अरबमा हुने, कुन खेलाडीले कति मूल्य पाउलान ?

एजेन्सी । इण्डियन प्रिमियर लिग(आईपीएल)को मेगा अक्सन २४ र २५ नोभेम्बरमा साउदी अरेबियाको जेद्दाहमा हुने भएको छ । यस अवधिमा भारत र अष्ट्रेलियाबीचको पहिलो टेस्टको तेस्रो र चौथो दिन पर्थमा खेलाइनेछ । गत वर्ष दुबईमा मिनी अक्सन भएको थियो । अहिले साउदी अरबमा मेगा अक्सन हुन लागेको भारतीय सञ्चारमाध्यले जनाएका छन ।

दिल्ली क्यापिटल्सबाट रिलिज भएका ऋषभ पन्त, लखनउ सुपर जायन्ट्सका पूर्व कप्तान केएल राहुल र च्याम्पियन कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरका लागि ठूलो अक्सनको अपेक्षा गरिएको छ। तीनैजना लामो समयपछि लिलामीमा प्रवेश गरेका हुन् ।

आईपीएल समितिले मेगा अक्सनअघि खेलाडीलाई रिटेन गर्ने मिति अक्टोबर ३१, २०२४ तय गरेको थियो। १० टोलीले ४६ खेलाडी राखेका छन् । त्यसपछि २०४ खेलाडीको स्थान खाली छ । यी स्थानहरूको लागि १००० भन्दा बढी खेलाडीहरू लिलामीमा आउने छन्।