एजेन्सी । अमेरिकी चुनावमास्विङ स्टेटको चर्चा बारम्बार सुनिन्छ । यो स्विङ स्टेटको चर्चा चुनावअघि र पछि पनि जारी रहन्छ । अब जब अमेरिकी जनताले राष्ट्रपति चुन्न भोट हाल्दैछन् र भोलिदेखि मतगणना सुरु हुनेछ । यो हो स्विङ स्टेट ? अमेरिकाको चुनाव बुझ्न धेरै गाह्रो छ। यो बुझ्यौं भने मतगणनाको समयमा नतिजाको मोटो अनुमान लगाउन सक्छौं। डोनाल्ड ट्रम्प र कमला ह्यारिसको पनि नजर यी स्विङ राज्यहरूको अबस्था के छ ?
यसरी ट्रम्प ह्यारिसमध्ये एक महाशक्ति अमेरिकाको राष्ट्रपति बन्नेछ । पेन्सिलभेनिया पनि ७ स्विंग राज्यहरूमध्ये एक हो । यो अमेरिकाको उत्तर प्रदेश हो । त्यसैगरी अमेरिकामा राष्ट्रपति बन्नको लागि पेन्सिल्भेनियाको जित अति आवश्यक पर्छ । पेन्सिल्भेनियामा जसको पक्षमा भोट आउने व्यक्ति राष्ट्रपति बन्ने सम्भावना बढी हुन्छ ।
रेड स्टेटमा रिपब्लिकन पार्टीले १९८० देखि जित हासिल गर्दै आएका छ । त्यस्तै, ब्लू स्टेटमा सन १९९२ देख डेमोक्रेट्सको बर्चस्व रहदै आएको छ ।
त्यस्तै, सबैभन्दा महत्वपूर्ण मानिएका स्विंग स्टेट्स जहा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ । यी स्टेटमा विजेता र प्रतिद्धन्द्धीकोबीचको फरक पनि कम हुँदै आएको छ ।
अब स्विंग स्टेट भनिएको जर्जियामा एक प्रतिशत मतले डोनाल्ड ट्रम्प अगाडि देखाएको छ । जहा कमलाले ४८ प्रतिशत ल्याृउँदा ट्रम्पले ४९ प्रतिशत मत पाएका थिए ।
त्यस्तै, अर्को स्विंग स्टेट नेवादामा पनि १ प्रतिशत मतले ट्रम्प नै अगाडि देखिएका छन् । त्यस्तै, मिसिगन स्टेटमा बराबरी मत आएको छ । त्यस्तै, अर्को महत्वपूर्ण राज्यका रुपमा हेरिउको पेन्सिल्भेनियामा ट्रम्प १ प्रतिशतले अगाडि रहेको सर्भेक्षणमा देखाएको छ ।
त्यस्तै, भिस्कान्सिनमा १ प्रतिशतले कमला अगाडि रहेको तथ्य बाहिर आएको छ । त्यस्तै, उत्तरी केरोलिनामा पनि ट्रम्प नै अगाडि रहेका छन् । त्यस्तै, एरिजोनामा ३ प्रतिशतभन्दा बढी मतले ट्रम्पले लिड गरेको तथ्यांक आएको छ ।