शीर्षकहरू

१४ निर्माण व्यवसायी कम्पनी कालोसूची परे

१४ निर्माण व्यवसायी कम्पनी कालोसूची परे

काठमाडौं । सरकारले विभिन्न १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद कार्यालयको मंगलबारको निर्णय अनुसार विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठकदार कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

उक्त सिफारिसमा परेका १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको सार्ववनिक खरिद कार्यालयले जनाएको छ । 

कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुन कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेहरुमा ६ वटा निर्माण व्यवसायीलाई सडक विभागसँग सम्बन्धीत काम नगरेका रहेका छन् ।  null