काठमाडौं । सरकारले विभिन्न १८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद कार्यालयको मंगलबारको निर्णय अनुसार विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठकदार कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सन पनि परेको छ ।
ती कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका पूर्णबहादुर रामेछापबाट नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेर सांसद निर्वाचित भएका थिए ।