काठमाडौं । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको वर्ल्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।
गत २० देखि २२ गतेदेखि २२ गतेसम्म सम्मका लागि तय गरिएको वर्ल्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको बोर्डले जनाएको छ । बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै, विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो ।
१८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी , डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो ।