शीर्षकहरू

पाथीभरा केबलकार निर्माणका विषयमा दुई पक्षबीच झडप

पाथीभरा केबलकार निर्माणका विषयमा दुई पक्षबीच झडप
तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं । ताप्लेजुङमाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केवलकार निर्माण गर्नुपर्ने र गर्न नहुने दुई पक्षबीच झडप भएको छ । 

फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्को पक्षले अवरोध गरेको थियो । त्यसक्रममा शुक्रबार बिहानैदेखि दुई पक्षबीच झडप भएको हो । पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका रुपमा मान्दै आएका पहिचान पक्षधरहरूको जिकिर त्यहाँ केवलकार बनाए प्रकृति नष्ट हुने बताउँदै लामो समयदेखि विरोध जनाउँदै आएका छन् ।

केवलकार निर्माण गर्नुहुँदैन भन्ने पहिचान पक्षधरका स्थानीयहरूले केवलकार निर्माणका लागि आवश्यक सामग्री लैजाने क्रममा हस्तक्षेप गरेपछि मजदुरहरू प्रतिकारमा उत्रिएका थिए । केवलकार निर्माणमा अवरोध जनाउने स्थानीयहरूले  त्यसक्रममा दुई पक्षबीच झडप हुँदा केही घाइते भएका छन् ।

प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।