शीर्षकहरू

बंगलादेशकी हसिनामाथि गैरन्यायिक हत्या मुद्दा चलाउन इन्टरपोलको सहयोग माग

बंगलादेशकी हसिनामाथि गैरन्यायिक हत्या मुद्दा चलाउन इन्टरपोलको सहयोग माग

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले आइतबार अपदस्थ प्रधानमन्त्री शेख हसिना र अन्य बंगलादेश छोडेकालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको मद्दत खोज्ने छ । उनीहरूलाई मानवता विरुद्धको कथित अपराधमा मुद्दा चलाउन बंगलादेशको हालको शासकले तयारी गरेको छ । हसिना र उनको पार्टीका नेताहरूलाई सरकार विरोधी विद्यार्थी आन्दोलनलाई निर्ममतापूर्वक दबाउन आदेश दिएको आरोप छ। जुलाईदेखि अगस्ट महिनामा भएका आन्दोलनका क्रममा धेरैको ज्यान गएको थियो ।

पछि यो आन्दोलन ठूलो मात्रामा विद्रोहमा परिणत भयो । जसका कारण हसिना अगस्ट ५ मा गोप्य रूपमा भारत भाग्नुपरेको थियो। मुख्य सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका अनुसार प्रदर्शनका क्रममा कम्तीमा ७५३ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । युनुसले यो घटनालाई मानवताविरुद्धको अपराध र नरसंहारको संज्ञा दिएका छन् ।

अक्टोबरको मध्यसम्ममा हसिना र उनको पार्टीका नेताहरू विरुद्ध मानवता विरुद्धको अपराध र नरसंहारका ६० भन्दा बढी उजुरी परेका थिए। १५ वर्ष शासन गरिरहेकी हसिनामाथि गैरन्यायिक हत्या र राजनीतिक विपक्षीहरूको सामूहिक नजरबन्दीलगायत व्यापक मानवअधिकार उल्लंघनको आरोप लगाइएको छ।