काठमाडौं । पछिल्लो समय अत्यधिक रुचाइएको जीवन बीमा योजनामध्ये एक सन नेपाल लाइफ इन्स्योरेन्सको सनलाइफ सावधिक जीवन बीमा योजना हो । विशेषगरी दीर्घकालीन वित्तीय सुरक्षा र बचतको आवश्यकताका लागि यो योजना प्रस्तुत गरिएकोमा बीमकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बिमाङ्क र बीमाशुल्कमा छुटसहित यो योजना प्रस्तुत गरिएको हो । जसअनुसार १ लाखदेखि १ लाख ९९ हजारसम्मको बिमाङ्कमा १ हजार र २ लाख र सोभन्दा बढीको बिमाङ्कमा २ हजार छुट सुविधा रहेको छ । यसैगरी बीमाशुल्कमा मासिक ५ प्रतिशत, अर्धवार्षिक १ प्रतिशत र वार्षिक २ प्रतिशत छुट र थप सुविधा रहेको छ ।
सन लाइफ सावधिक जीवन बीमा योजना
यो मुनाफामा सरिक हुने (Endowment Plan With Profit) जीवन बीमा हो । बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवितै रहेमा बीमा तथा नियमानुसारको आर्जित बोनस बीमितले प्राप्त गर्ने र बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमितको नजिकको हकवाला वा इच्छाइएको व्यक्तिलाई बीमा नियमानुसारको आर्जित बोनस एकमुष्ठ प्रदान गर्नु योजनाको मुख्य विशेषता हो।
योजना छनौट गर्दा चाहिने योग्यता
१८ देखि ६५ वर्ष उमेरसमूहका व्यक्ति सहभागी हुनसक्छन् । अधिकतम ७० वर्षको उमेरमा बीमा समाप्ति हुनेछ । न्युनतम ५ वर्षदेखि अधिकतम् ५२ वर्षसम्म बीमा शुल्क भुक्तानी अवधि रहेको छ । बिमाङ्क रकम २५ हजारदेखि सुरु भएर असीमितसम्म रहनेछ (अन्डर राइटिङ्ग नियम अनुसार) । बीमाशुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा गर्न सकिनेछ ।
योजनाका प्रमुख सेवा सुविधाहरु
मृत्युबापत भुक्तानी
बीमा समाप्त हुने मितिअगावै बीमतिको मृत्यु भएमा बिमाङ्क रकम र नियमानुसारको आर्जित बोनस बीमितद्वारा इच्ह्याएको व्यक्ति वा नजिकको कानूनी हकवाला व्यक्तिलाई भुक्तानी दिने ।
बीमा अवधि समाप्ती भुक्तानी
बीमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता भुक्तानी गरी बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा) बीमालेखमा उल्लेख भएको बिमाङ्क रकम र नियमानुसारका आर्जित बोनस बीमा अवधि समाप्तिमा बीमितलाई एकमुष्ठ मुक्तानी दिइने । रकम प्राप्त गर्न बीमितद्वारा बीमा अवधिसम्मको सबै किस्ता भुक्तानी गरिएको हुनुपर्ने ।
बीमालेख कर्जा
बीमाशुल्क प्राप्त भइसकेको र बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात् बीमालेख धितो राखी कर्जा लिन सकिन्छ । यसरी बीमालेख नै धितो राखी बीमालेखको समर्पण मूल्यको बढीमा ९० प्रतिशत र घटीमा रु १००० सम्म लिन सकिन्छ । यस शर्तअर्न्तगत लिइएको बीमालेख कर्जामा नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई समय(समयमा कम्पनीले निर्धारण गरे बमोजिमको दरमा ब्याज लाग्नेछ ।
अतिरिक्त लाभ
दुर्घटना मृत्यु लाभ सुविधा
यो सुविधा अन्तर्गत बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणले बीमितको मृत्यु भएमा दुर्घटना मृत्यु लाभ बापतको बिमाङ्क रकम (अधिकतम रु ५० लाख) सम्म लिन सकिने ।
स्थायी अशक्तता तथा बीमाशुल्क छुट सुविधा
यो सुविधाअन्तर्गत बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणबाट बीमित पूर्ण रुपमा वा स्थायी पूर्ण अशक्त (आयआर्जन गर्न नसक्ने अवस्था) भएको प्रमाणित भएमा उक्त मितिपछिको बीमाशुल्क तिर्नु नपर्ने गरी कम्पनीले बीमाशुल्क छुट सुविधा प्रदान गर्ने स्थायी अशक्तता तथा बीमाशुल्क सुविधा बापतको बिमाङ्क रकमलाई १२० किस्तामा भाग गरी मासिक रुपमा कम्पनीले प्रदान गर्नेछ ।
आफ्नो तथा प्रियजनको भविष्यको सुरक्षित आधारमा निर्माण गर्नुहोस्
आजै ं ९७७-९८०१२३४४४४ मा मा सम्पर्क गर्नुहोस् र सनलाइफ सावधिक जीवन बीमा योजनामा सहभागी भई आफ्नो तथा प्रियजनको भविष्यलाई वित्तीय सुरक्षा प्रदान गर्नुहोस्।