शीर्षकहरू

आजबाट कतार एयरवेजले दैनिक उडान भैरहवाबाट गर्ने

आजबाट कतार एयरवेजले दैनिक उडान भैरहवाबाट गर्ने

काठमाडौं । आजबाट कतार एयरवेजले पनि  दोहाबाट काठमाडौं र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार कतारले दैनिक एक उडान दोहा–काठमाडौं–भैरहवा रुटमा गर्ने गरी अनुमति लिएको छ ।

दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवाबाट यसभन्दा पहिला नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।

कतार एयरवेजले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्ने महाप्रबन्धक तिवारीले बताए । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो ।