काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म न्यादी हाइड्रोपावर लिमिटेड ७५ लाख ७५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ ।
कम्पनीले गत वर्षको यस अवधिसम्मको तुलनामा खुद नोक्सानी २ कराड ६१ लाख ५९ हजार रुपैयाँले घटाएको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नोक्सानीमा कमि आएको हो । गत वर्ष १३ करोड ८ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २१ करोड १९ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
वित्तीय खर्च भने गत वर्ष ९ करोड ४८ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १४ करोड २४ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । अदर इक्वीटी ५४ करोड ३३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको कर्जा सापटी ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी छ । यस वर्ष ५१ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ६३ रुपैयाँ ७८ पैसा छ ।