काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न सक्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६ हजार ४७९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी कात्तिक २७ गतेदेखि बिक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरुले आगामी आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।