शीर्षकहरू

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी नियुक्त

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको २०८१ कार्तिक २६ गते सोमबार बसेको  २३५ औं बैठकले संस्थापक शेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने  नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि वित्तीय संस्थामा अध्यक्ष रहिसकेका उनले हिमालयन बैंक लिमिटेडबाट बैंकिङ सेवा शुरु गरी करीब ३२ वर्ष देखि बैंकिङ्ग क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।

यसैगरी यस वित्तीय संस्थाको संस्थापक शेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासनहर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुको स्वागतका साथै निवर्तमान सञ्चालक सचिन नेवा र आँचल ढकाललाई धन्यवाद ज्ञापन गर्दै बिदाइ गरिएको छ ।