शीर्षकहरू

गोलभेडा ९० रुपैयाँ, अन्य तरकारीको मूल्य कति पुग्यो

गोलभेडा ९० रुपैयाँ, अन्य तरकारीको मूल्य कति पुग्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।  गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकल बन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ । 

यसैगरी भन्टा डल्लोको ५०, भन्टा लाम्चो ३०,रायो सागको ६०, तोरिको साग ६० ,अनारको ४५० र मौसमको १५० रुपैयाँ,केरा १५०,स्याउ फूजी २८० रहेको छ । त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ पैसा, मटरकोशा ११० रुपैयाँ, राजमा घिउ सिमी १००रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ ।