काठमाडौं । अरुण काबेली पावर लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म १५ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । अघिल्लो त्रैमाससम्म पनि कम्पनी ३१ करोड ३९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । बाढी पहिरोका कारण आयोजनामा क्षति पुग्दा गत वर्ष कम्पनीले यस अवधिमा विद्युत विक्री आम्दानी गरेको थिएन ।
यस वर्ष भने विद्युत विक्रीबाट कम्पनीले २१ कोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । वित्तीय खर्च यस वर्ष घटेको छ । गत वर्ष ९ करोड ५२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च भएको कम्पनीको यस वर्ष ६ करोड १० लाख रुपैयाँभन्दा बढी मात्र यो खर्च भएको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार रुपैयाँ छ । अदर इक्वीटी भने ९ करोड ६४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रकम २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ । पहिलो त्रैमाससम्म ८ रुपैयाँ ५६ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९७ रुपैयाँ ५३ पैसा छ ।