सुनसरी । करिब ३ सय ७ किलोग्राम गाँजासहित धरानबाट एक कृषि फर्म संचालक पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजासहित धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारि उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।