शीर्षकहरू

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं ऽ कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जवानीमा छाडेको थियो । सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पत्ति र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमालालाई पनि सोधपुछ गरिरहेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

“अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झूठ हुन्,” उनले भने, “सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पत्ति र प्रस्तोता धमालालाई सीआईबीमा ल्याएका छौं ।”

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झूठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ ।