भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछानेको वयान लम्बिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा मंगलवार देखि भएको बयान बुधवार दिनभरीमा पनि सकिएको छैन । रुपन्देही जिल्लाको बुटवलमा रहेको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको रकम गोरखा मिडिया प्रालिमा लगि ग्यालेक्सी फोरके टेलिभिजन मार्फत अपचलन गरेको उनीमाथि अभियोग छ । बयान नसकिँदा सम्म हरेक दिन चलि रहने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ ।
सरकारले नियोजित ढंगबाट पार्टी सभापति लामिछानेलाई पक्राउ गरेकाले आन्दोलन निरन्तर चलिरहने रास्वपा रुपन्देही जिल्ला सभापति डा बुद्धि शर्माले बताए । सडयन्त्रकारी सरकारका विरुद्ध सबै एक जुट हुनुपर्ने उनले बताए ।
सत्तापक्षले वास्तविक सहकारी ठगहरुलाई उन्मुक्ति दिँदै षडयन्त्र गरी सभापति लामिछानेलाई पक्राउ गरेकोले देशभर आन्दोलका कार्यक्रम जारी रहने केन्द्रीय सचिव शंकर श्रेष्ठले बताए ।
उनले वहालवाला सांसदलाई हिरासतमा नराखि अनुसन्धान गर्न सकिने हुँदा हुँदै पनि नियोजित ढंगबाट पक्राउ गरिएकोले हिरासत मुक्त नहुँदा सम्म आन्दोलन देशभर चलिरहने बताउँदै सहकारी पीडितको पक्षमा रास्वपाले नेतृत्व गर्ने बताए ।
लामिछाने समर्थकले बुुधवार भैरहवाको लुम्बिनी गेटबाट र्याली निकाली देवकोटा चोक हुँदै बर्मेलीटोलमा आएर समापन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर हिँडेका कार्यकर्ता तथा समर्थकले राज्यले लामिछानेमाथि ज्यादति गरेको भन्दै नाराबाजी समेत गरेका थिए । आन्दोलनकर्ता जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही तर्फ जान खोजे पछि केही बेर प्रहरी र आन्दोलन कर्ता बिच तनाब सिर्जना भएको थियो । सुरक्षाका लागि रुपन्देही लगायत छिमेकी जिल्लाहरुबाट समेत सुरक्षाकर्मी मगाएर ठुलो मात्रामा परिचालन गरिएको छ ।
पूर्वगृहमन्त्री लामिछानेलाई सुुर्यदर्शन सहकारी, सुुप्रिम सहकारी, स्वर्णलक्ष्मी सहकारी, सानापाइला सहकारीमार्फत ६५ करोड बढी रकम अपचलन गरेको अभियोग लागेको छ ।