शीर्षकहरू

मधेशवादी दललाई संविधान रक्षाको चिन्ता, काँग्रेस-एमालेले एकात्मकतामा उल्टाउन खोजेको आरोप

मधेशवादी दललाई संविधान रक्षाको चिन्ता, काँग्रेस-एमालेले एकात्मकतामा उल्टाउन खोजेको आरोप

सिरहा । तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले नेकपा एमाले र नेपाली काँग्रेसको वर्तमान गठबन्धन राज्यको संघीय बहुदलीय लोकतान्त्रिक संरचनालाई द्विदलीय नयाँ संस्करणको एकात्मकतामा उल्टाउन खोजेको बताएका छन् । अध्यक्ष लाल संयुक्त मधेश संघर्ष समितिद्वारा बुधबार गोलबजार, सिरहामा आयोजित खबरदारी सभालाई सम्वोधन गर्दै यसो बताएका हुन् ।

 उनले भने, “वर्तमान संविधानमा संशोधनको प्रतिगमनकारी खेस्रा बन्द कोठामा तयार भइरहेको, राजतन्त्र जस्तै संविधानको संशोधन केही व्यक्तिहरुको स्वार्थमा आयोग वा कुनै कार्यदलबाट ल्याउन खोजिएको बताउँदै संविधान जनताको सहमतिको दस्तावेज हो ।’ 

्् देशको जनताको मूल कानून हो यो कसैको शासनको स्थायित्वको औजार होइन र त्यसैले हामी त्यस्तो कुनै प्रतिगमनकारी काम हुन नदिने उनले बताए । 

समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ । ( पूर्व मन्त्री मातृका प्रासद यादव

यसै खबरदारी सभालाई सम्वोधन गर्दै पूर्वमन्त्री माओवादी नेता मातृका प्रसाद यादवले, समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु बताएका छन् । उनले, ‘समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धन विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ । हरेक पालिका र त्यसको वडाहरुमा खबरदारी कार्यक्रम गरी संघर्षको निमित्त संगठित हुनु आवश्यकता छ ।’

तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा विजय कुमार सिंहले संविधान संशोधनको माग जनताको माग हो तर अग्रगामी संशोधनको माग हो भन्दै प्रदेशलाई निर्वाचन क्षेत्र तोकी पूर्ण समानुपातिक समावेशी पद्धति लागू गरिनु पर्ने माग गरे । 

हेमन्त कुमार यादवको अध्यक्षतामा सम्पन्न सो खबरदारी सभामा पूर्वमन्त्री महेन्द्र पासमानले काँग्रेस–एमाले आफ्नो वर्चस्व कायम गर्न खोजेको छ भन्दै संघीयता र समावेशिताको निमित्त हामी एक पटक फेरि कडा संघर्षको निमित्त तयार रहेको बताए । संविधान सभा सदस्य र माओवादी नेता जगतप्रसाद यादवले संविधानको संशोधन जनताको आकांक्षा अनुरुप हुनु पर्ने कसैको स्वार्थमा लहडमा गर्न खोजिए अस्वीकार्य हुने भनेका थिए ।

 एकीकृत समाजवादीको नेता संविधान सभा सदस्य शीतल झाले पूर्ण समानुपातिक समावेशी निर्वाचन पद्धति नै अहिले निर्वाचनमा देखिएका विकृतिहरुको एक मात्र निकास भएको बताए ।  खबरदारी सभामा, पूर्व राज्यमन्त्री बोधमाया यादव,कुमार लामा लगायतले आफ्नो मनतव्य राखेका थिए ।