काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
यस कम्पनीको आज विहीवार (कात्तिक २९ गते) बसेको सञ्चालक समिति बैठकले २ बरावर १ को अनपात अर्थात, ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि शेयरधनीलाई हकप्रद जारी हुनेछ । कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद विक्री गर्न लागेको हो ।
हाल यस कम्पनीकोे चुक्ता पुँजी रू. १ अर्ब ६ करोड ५४ लाख रहेको छ ।