काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० ले कम हो । गत वर्ष कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
टेलिकमको सञ्चालन आम्दानी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्ष ८ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म कम्पनीको वित्तीय आम्दानी भने १ अर्ब ७५ करोड ्रुपैयाँबाट घटेर १ अर्ब १७ करोड रुपैयाँमा आइपुगेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी पनि ३० करोड ६६ लाखबाट घटेर २० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।